नियम १५
प्रारम्भिक प्रतिवेदन पेश गर्ने
(१) आयोगले दुर्घटना सम्बन्धमा प्रारम्भिक जा“चबुझ
गरिसकेपछि त्यसको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) आयोगले उपनियम (१) बमोजिम मन्त्रालय समक्ष पेश गरेको
प्रतिवेदनको प्रतिलिपि देहायका राज्य तथा संगठनमा पठाउनु पर्नेछ ः-
(क) दर्ताको राज्य,
(ख) सञ्चालकको राज्य,
(ग) डिजाइनकोे राज्य,
(घ) निर्माताको राज्य,
(ङ) दुर्घटना सम्बन्धमा आवश्यक सूचना, उल्लेखनीय सुविधा तथा
विशेषज्ञ उपलब्ध गराउने राज्य, र
(च) दुर्घटना भएको वायुयानको तौल दुई हजार दुई सय पचास किलोग्राम
भन्दा बढी भएमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ।
(३) उपनियम (२) बमोजिमको प्रारम्भिक प्रतिवेदन दुर्घटना भएको
सामान्यतया तीस दिनभित्र अङ्ग्रेजी भाषामा तयार गरी कुनै विद्युतीय माध्यम वा
हुलाकबाट पठाउनु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उडान सुरक्षालाई
प्रत्यक्ष रुपमा असर पार्ने प्रकृतिको सूचना प्राप्त हुनासाथ त्यस्तो सूचना यथाशीघ्र
छिटो साधनद्वारा पठाउनु पर्नेछ ।